वागमती पुलबाट हाम फालेकी महिलाको प्रहरीद्वारा जीवितै उद्धार


२८ श्रावण २०७९, शनिबार
bagamati

काठमाडौँ । ललितपुर र काठमाडौंको सीमा थापाथलीस्थित वागमती पुलबाट हाम फालेकी महिलाको प्रहरीले जीवितै उद्धार गरेको छ । ती महिलालाई पानीबाटै जीवितै उद्धार गरी उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जानकारी दिएका छन् ।

उनका अनुसार एक महिलाले शनिबार अपराह्न हाम फालेको र उनलाई स्थानीय र प्रहरीको सहयोगमा केहीबेरमै प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको हो । महिलाको पहिचान खुलेको छैन ।

शनिबार नै काठमाडौंको सुन्दरीजलस्थित खोलामा चिप्लिएर बगेका एक युवकलाई पनि उद्धार गरिएको छ । प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतका अनुसार २७ वर्षीय सन्देश कार्कीलाई जीवितै उद्धार गरिएको हो । अपराह्न ५ बजे खोला बगेका उनको नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा जीवितै उद्धार गरिएको डीएसपी बस्नेतले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७