म्यानचेस्टरमाथि ब्रेन्टफोर्डको चार गोल


२९ श्रावण २०७९, आईतवार
thumb 1

लन्डन । पहिलो हाफको उत्कृष्ट प्रदर्शनको मदतले ब्रेन्टफोर्डले इङलिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडलाई ४-० ले हराएको छ । ब्रेन्टफोर्डका चारै गोल पहिलो हाफको ३५ मिनेटभित्र सम्भव भएको थियो ।

जितमा जेस डासिल्भा, म्याथिस जेन्सन, मेन मी र ब्रायन एमबेमोले एक एक गोल गरे । म्यानचेस्टर लिगमा घर बाहिर पराजित भएको यो लगातार सातौं खेल हो र यो सन् १९३६ यताकै खराब प्रदर्शन हो ।

म्यानचेस्टरको यो लगातार दोस्रो हार पनि हो । यसअघि उसलाई ब्राइटनले हराएको थियो । लगातार दुई हारपछि म्यानचेस्टर शुरुवाती अंक तालिकाको पुछारमा छ र अबको खेलमा लिभरपुलको सामना गर्दैछ ।

शनिबारका अन्य खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले बर्नमाउथलाई ४-० र आर्सनलले लेस्टर सिटीलाई ४-२ ले हराएको थियो । यस्तै एस्टन भिल्लाले एभरटनलाई २-१ ले हरायो । ब्राइटन र न्युकासलले ०-०, साउथह्याम्पटन र लिड्स युनाइटेडले २-२ तथा उल्भ्स र फुलहमले ०-० को बराबरी खेले । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७