अफगानिस्तानमा मुसलधारे वर्षापछि बाढी, २१ जनाको मृत्यु


२०७९ श्रावण २९ आइतबार ०७:५७ बजे

काठमाडौँ । अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको ज्यान गएको छ । लोगार, वार्दाक र खोस्त प्रान्तमा परेको मुसलधारे वर्षा र बाढीका कारण उनीहरुको ज्यान गएको हो । ती क्षेत्रमा सयौँ घाइते भएका समाचार संस्था बख्तरले जनाएको छ ।

बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका गाउँ र बस्ती प्रभावित भएका छन् । सयौँ घरहरूमा क्षति पुगेको छ । अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा केही दिन अगाडिको बाढीमा महिला र बालबालिकासहित ४० जनाभन्दा धेरैको ज्यान गएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७