रुस्दीका आक्रमणकारीलाई हत्या प्रयासको अभियोग


२९ श्रावण २०७९, आईतवार
salman rusdi

न्युयोर्क । अमेरिकामा शुक्रबार एक कार्यक्रममा चर्चित उपन्यासकार सलमान रुस्दीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई हत्या प्रयासको अभियोग लगाइएको छ । आरोपित हाडी मटरलाई हत्या प्रयासको अभियोग लगाइएको न्युयोर्क राज्यको चौताउवा काउन्टीका अभियोजकले बताए ।

मटरलाई एक कार्यक्रममा मञ्चमा दौडिएर रुस्दी र एक अन्तर्वार्ताकारलाई आक्रमण गरेको आरोप लगाइएको छ । ७५ वर्षीय रुस्दीको अवस्था गम्भीर छ । भारतीय मूलका ब्रिटश अमेरिकी रुस्दीको उपन्यास सटानिक भर्सेजले इस निन्दा गरेको मुस्लिम समुदायले आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७