हलिउड अभिनेत्री एनी हेचेको निधन, प्रियंकाले शेयर गरिन् यस्तो पोस्ट


२९ श्रावण २०७९, आईतवार
heche

काठमाडौँ । हलिउडकी चर्चित अभिनेत्री एनी हेचेको शुक्रबार निधन भएको छ । ५३ बर्षीया अभिनेत्री हेचेको कार अगस्त ५ मा दुर्घटनामा परेको थियो । दुर्घटनापछि गम्भीर अवस्थामा अस्पताल भर्ना भएकी थिइन् । कार दुर्घटनामा एनीको मस्तिष्क मृत भएको थियो । उनी विगत एक सातादेखि कोमामा थिइन् ।

उनको मृत्युपछि एनीको परिवारले उनको अंग दान गर्ने भएका छन् । हेचेले ‘भल्केनो’, ‘सिक्स डेज सेभेन नाइट्स’, ‘डोनी ब्रास्को’, ‘आई नो ह्वाट यू डिड लास्ट समर’ जस्ता धेरै फिल्ममा काम गरेकी छन् ।

एनीको निधनले उनका परिवारका सदस्य, साथीभाइ र फ्यानहरू शोकमा छन् । हलिउडलगायत बलिउड सेलिब्रेटीहरूले पनि सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर एनीलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

यसैबीच अभिनेत्री प्रियंका चोपडाले पनि पोस्ट शेयर गर्दै आफ्नो सहकलाकार एनीलाई सम्झिएकी छिन् । प्रियंका चोपडाले आफ्नो सामाजिक सञ्जाल स्टोरीमा पोस्ट शेयर गर्दै लेखेकी छिन्, ‘मेरो हृदय एनी हेचेका छोराछोरी, परिवार, साथीहरू र सबैलाई जान्छ । तपाईलाई चिन्नु र तपाईसँग काम गर्न पाउनु सम्मानको कुरा हो । एक सुन्दर व्यक्ति र एक अविश्वसनीय अभिनेत्री । मेरो हृदयमा सधैं एक विशेष स्थान छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७