राहुपारे-कुनौटो खण्डको सडक कालोपत्र


२९ श्रावण २०७९, आईतवार
kalopatre 1
फाइल फोटो

म्याग्दी । बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको राहुपारे-कुनौटो खण्डको सडक कालोपत्र भएको छ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ राहुपारेबाट वडा नं २ कुनौटो जोड्ने सडक कालोपत्र सकिएको हो ।

आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा-युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले करिब पाँच किलोमिटर दूरीको सडकमा डिबिएसडी प्रविधिको कालोपत्र भएको जानकारी दिए । ‘गत वर्ष पहिलो कोड बिछ्याएपछि वर्षात् हुँदा रोकिएको डिबिएसडी कालोपत्र गर्ने कामलाई यसपालि पूणर्ता दिएका छौं’, उनले भने, ‘सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर सबबेस बिछ्याउने र रोलरले पेलिएको खण्डमा कालोपत्र सकिएको हो ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

राहुघाट-राहुपारे र कुनौटो-बेगखोला खण्डको बीचमा पर्ने करिब दुई किलोमिटर सडक आगामी हिउँदमा कालोपत्र गरिने दाहालले बताए । ११ मिटर फराकिलो बनाइएको सडकको सात मिटर चौडाइमा डिबिएसडी प्रविधिको कालोपत्र गरिएको हो । डिबिएडी प्रविधिमा दुई चरणमा बिटुमिन र चिप्स राखेर रोलरको पोल्नु पर्छ । कालोपत्र भएपछि करिब ४० मिनेटको यात्राअवधि १० मिनेटमा छोटिएको छ ।

city
ncll 2

शर्मा-युनाइटेडले नै ठेक्का लिएको पहिलो खण्डको बेगखोला-भुरुङ तातोपानी खण्डमा पनि अधिकांश ठाउँमा विस्तार, नाली र पर्खाल निर्माण सकेर आगामी हिउँदमा कालोपत्र गर्ने तयारी भएको छ । गजुरमुखी निर्माण कम्पनीले ठेक्का लिएको बेनी नगरपालिका-९ गलेश्वरको करिब एक किलोमिटर दूरीको सडकमा पहिलो चरणको कालोपत्र भएको छ ।

jagdamba.cement
nepal liquors

विसं २०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडक चारवटा खण्डमा स्तरोन्नति भइरहेको छ । तेस्रो प्याकेजमा पर्ने मुस्ताङको थासाङ गाउँपालिका-५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने १६ किलोमिटर सडकमा आक्सपाल्ट प्रविधिको कालोपत्र भएको ठेकेदार कम्पनी शर्मा-गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपाने (राजन) ले जानकारी दिए ।

उनका अनुसार काभ्रे, बादरजुङ र घोप्टेभिर खण्डमा विस्फोटक पदार्थको प्रयोग गरेर सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । करिब रु सात अर्ब ५५ करोडमा ठेक्का लागेको यस आयोजनाको हालसम्म रु पाँच अर्ब ८४ करोड खर्च भएको छ । एक सय १० किलोमिटर दूरीको जोमसोम-कोरला खण्डको सातमध्ये छवटा खण्ड ग्राभेल सकिएको आयोजना प्रमुख जगत प्रजापतिले बताए ।

१९ वटा सडक पुलमध्ये पाँच सम्पन्न भइसकेको छ । १४ पुल निर्माणधीन अवस्थामा रहेका छन् । विसं २०६४ मा नेपाली सेनाले ट्रयाक खालेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी-जोमसोम सडक यसअघि कच्ची अवस्थामा थियो । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७