बालेनलाई योगेशको प्रस्ताव : एमालेसँग आउनुस्, सरकारको हुती छैन


२०७९ श्रावण २९ आइतबार ०७:२४ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सचिव योगेश भट्टराईले काठमाडौंको फोहोर व्यवस्थापन गर्न वर्तमान सरकारको योजना र हुती नभएको आरोप लगाएका छन् । आज (आइतबार को प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका भट्टराईले एमालेसँग सहकार्य गरे काठमाडौको फोहोर व्यवस्थापन हुने दावी गरे ।

उनले काठमाडौंको फोहोर उठ्न छाडेको आज ७१ दिन पुगेको भन्दै फोहोरले काठमाडौ डुङडुङती गन्हाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका मन्त्रीहरुले कुनै पहल नगरेको आरोप लगए । ‘फोहोर नउठेको आज ७१ दिन भयो, प्रधानमन्त्रीले पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरु बेखबर छन् । झाडापखाला, हैजा लगायतले काठमाडौ डुङडुङती गन्हाउने अवस्था भएको छ’, भट्टराईले भने, ‘यो सरकारले कुनै पहल कदमी गर्दैन, सरकारसँग हुती पनि छैन । त्यसैले म आज सरकारको ध्यानाकर्षण गराउन चाहन्नँ ।’

नेता भट्टराईले भने, ‘म बालेन साहलाई भन्न चाहन्छु, ठोस प्रस्तावसहित आउनुस्, एमालेसँग त्यो भिजन र दृष्टिकोण छ । एमाले पूर्ण क्षमताका साथ सहयोग गर्न तयार छ । यदि तपाईं सरकारको भर पर्नुभयो भने तपाई असफल हुने निश्चित छ । काठमाडौंको बर्बादी हुनेछ । साँस्कृतिक सहर काठमाडौंको रक्षा गरौं, धन्यवाद ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७