एक लाख २० हजार बढीले बुझाएनन् स्थानीय चुनावको खर्चको विवरण


२९ श्रावण २०७९, आईतवार
nir

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गत स्थानीय चुनावमा एक लाख २० हजार बढीले निर्वाचन खर्चको विवरण नबुझाएको बताएका छन् । खर्च नबुझाउनेहरुको विवरण केही दिनमा सार्वजनिक गर्ने उनले जानकारी दिएका छन् ।
आज (आइतबार) काठमाडौंमा सम्पादकहरुसँगको अन्तरक्रियामा उनले अबको चुनावमा खर्चको विवरण नबुझाउनेलाई उम्मेदवार नै बन्नबाट रोक लगाउनेबारे समेत आयोगले छलफल गरिरहेको उनले जानकारी गराए ।

उनले निर्वाचनको मौन अवधि ४८ घन्टाबाट घटाएर २४ घन्टामा सीमित गर्नेबारे पनि छलफल भइरहेको बताए । त्यस्तै उम्मेदवारले सम्पत्ति विवरण बुझाउनु पर्ने स्वघोषणा गर्नु पर्नेबारे पनि छलफल भइरहेको उनले उल्लेख गरे । प्रतिनिधिसभा र प्रदेशसभामा गरी चार वटा मतपत्र हुने र प्रत्यक्षमा जुन उम्मेदवार हुन्छ उसकै मात्र चिह्न मतपत्रमा हुने बताएका छन् ।

उम्मेदवारी दर्ता गरेपछि अहिले ३९ दिन समय बाँकी हुन्छ । अब प्रचारप्रसारका लागि त्यसलाई केही मापदण्ड तोकेर १५ दिन मात्र गर्नेबारे पनि कुरा भएको बताए । उनले सुरक्षाका लागि सेवानिवृत सुरक्षाकर्मीलाई प्रयोग गर्ने र स्थानीय तहका म्यादीलाई प्रयोग गर्नेबारे प्रस्ताव पठाएको जानकारी दिए । विद्युतीय मतदान मेसिन प्रयोगमा दलहरु इच्छुक नभएकाले यसपटक पनि सम्भव नभएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७