विवेकशील साझा पार्टी पुनर्गठन गर्ने मिलन पाण्डेको घोषणा


२०७९ श्रावण २९ आइतबार ०८:०१ बजे

काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका छन् । आइतबार उनले एक विज्ञप्ति जारी गर्दै पार्टी स्थापनाको मर्मअनुरूप राष्ट्रिय भेलामार्फत विवेकशील साझा पार्टी पुनर्गठन गर्ने घोषणा गरेका हुन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएपछि नेतृत्व खाली थियो । लामो समयसम्म पार्टीको अध्यक्ष खाली भएपछि मिश्रले आफ्नै नेतृत्वमा पार्टी निर्वाचन आयोगमा दर्ता गर्न आग्रह गरेको चार दिनपछि नेता पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका हुन् ।

‘विवेकशील साझा पार्टीमा विचार भन्दा माथि देश दस्ताबेज आए लगत्तै उक्त दस्ताबेज संविधान विरोधी, वैकल्पिक राजनीतिको मर्म विरोधी, युवा तथा परिवर्तन विरोधी र समग्रमा राष्ट्र विरोधी संकथन हो भनेर हामीले भनेकै हो । पार्टी स्थापनाको मर्मविपरित ल्याइएको उक्त दस्ताबेजले आम नागरिकको वैकल्पिक राजनीतिप्रतिको आशामाथि बेइमानी थियो। यसको हिसाबकिताब इतिहासले राख्नेछ ।’

उनले भनेका छन्, ‘तर, आजै हामीले दिनुपर्ने एउटा प्रश्न अनुत्तरित छ । के हाम्रो पार्टीको स्थापना ‘राजतन्त्र’ ब्युँताउन भएको थियो ? पार्टी स्थापनाको एक दशकसम्मको सदस्यहरूको मिहेनत राजतन्त्रको पक्षपोषणका लागि थियो रु नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्न भनेर थियो ? व्यवस्था र संविधान भत्काउन भनेर थियो ? पक्कै थिएन । त्यसैले वैकल्पिक राजनीति माथिको यो घातलाई अब हामीले पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प रहेन ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७