हँसिया हथौडा चिह्नमा चुनावमा लड्न प्रचण्ड र बाबुराम सहमत


२९ श्रावण २०७९, आईतवार
prachanda baburam 750

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू एउटै चुनाव चिह्नमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा भाग लिन सहमत भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएको भेटवार्तामा उनीहरू एउटै (हँसिया हथौडा) चुनाव चिह्न लिएर चुनावमा भाग लिन सहमत भएका हुन् । दुई दलका शीर्ष नेताहरूबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । यसबारेमा आ-आफ्नो दलमा छलफल गरेर निणर्य गर्ने सहमती भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवले जानकारी दिए ।

भेटवार्तामा नेसपाका नेताहरूले प्रतिनिधि सभामा केही सिट निश्चित गर्नुपर्ने बताएका छन् । एउटै चिह्न लिएर चुनावमा जाने र चुनावपछि पार्टी एकता गर्ने विषयमा पनि प्रचण्ड र बाबुराम सहमत भएको यादवको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७