बाख्रालाई ठक्कर दिएको भन्दै सिसडोलबासीले रोके फोहोर बोकेका गाडी


२९ श्रावण २०७९, आईतवार
bancharedanda

काठमाडौँ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडीहरु पुनः रोकिएका छन् । काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सीता राईका अनुसार आज विहान फोहोर बोकेर गएको गाडीहरु पुनः रोकिएका हुन् ।

फोहोर बोकेका गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि फोहोरको गाडी रोकेका सिसडोलका एक युवकले जानकारी दिए । स्थानीयवासीले बाख्राको क्षतिपूर्ति माग गरेका छन् ।

‘तीन पालिका भएर जानु पर्छ । हरेक पालिकामा एउटा एउटा समस्या आइपर्छ । तारकेश्वर नगरपालिका तिनपिपले भन्ने ठाउँमा फोहोरको गाडीले बाख्रा मारिदिएको भन्दै स्थानीयले पुनः अवरोध गरेका हुन्,’ उनले भनिन् ।

यसअघि महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० फोहोरका गाडी बन्चरेडाँडामा पुग्ने बताएका थिए । उनले सिसडोलको दूरावस्था बञ्चरेडाँडामा दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७