कृषि सामग्रीको गोदामबाटै पर्साका किसानले कब्जा लिए ६ ट्रक मल


२९ श्रावण २०७९, आईतवार
Mal dang scaled
फाइल फोटो

वीरगञ्ज । पर्साका किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट ६ ट्रक रासायनिक मल कब्जामा लिएका छन् ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथ लिएर किसानले कृषि सामग्री कम्पनी लिमिटेडको भुटनदेवीमा रहेको गोदामबाट मल नियन्त्रणमा लिएका हुन् ।

किसानले नियन्त्रणमा लिएको मल बालमन्दिर प्राङ्गणमा राखिएको छ । जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिवकुमार साहले मेयर सिंहकै अगुवाइमा मल नियन्त्रणमा लिएको बताए । तर मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले भने मेयरले नभइ किसानले नै मल नियन्त्रणमा लिएको बताएका छन् ।

भुटनदेवीमा रहेको गोदामबाट कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले बाहिरी जिल्लामा मल पठाउन लागेको थाहा पाएपछि किसानले त्यो मल नियन्त्रणमा लिएका हुन् । पर्सामा कृषि सामग्री कम्पनी लिमिटेडको श्रीपुरमा रहेको कार्यालयबाटै मल वितरण हुँदै आएको छ । पर्सामा धान गोड्ने बेला हुँदा पनि किसानले मल पाएका छैनन् । त्यसैले किसान आक्रोशित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७