कप्तान भरत खवास सेनाको क्याप्टेनमा बढुवा


२९ श्रावण २०७९, आईतवार
Bharat khawas 925x1024 1

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास सेनाको सह सेनानी (क्याप्टेन) मा बढुवा भएका छन् । भरत दश वर्ष अघि नेपाली सेनामा प्रवेश गरेका थिए ।

भरतलाई भद्रकालीस्थित सैनिक मुख्यालयमा आइतबार सैनिक वायु सेवाका प्रमुख उपरथी आशिष नरसिंह राणाले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । झण्डै डेढ दशक अघि राष्ट्रिय टोलीमा डेब्यू गरेका भरत बंगलादेशविरुद्ध अर्को महिना स्वदेशमा हुने मैत्रीपूर्ण खेलका लागि आइतबार राष्ट्रिय टोलीको प्रशिक्षणमा समेटिएका छन् ।

सहायक सेनानीबाट सेनामा प्रवेश गरेका भरत २०७२ सालमा उप सेनानीमा बढुवा भएका थिए । भरत त्रिभुवन आर्मी फुटबल क्लबको पनि कप्तान रहँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७