प्युठानमा जीप दुर्घटना : दिदीबहिनीको मृत्यु, १४ जना घाइते


२९ श्रावण २०७९, आईतवार
AccudentPyuthan3 20220814190424

प्युठान । प्युठानको नौवहिनी गाउँपालिकास्थित बाहाने बजार नजिकै जीप दुर्घटना हुँदा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ ।

दुर्घटनामा सानो डाम्री निवासी तीन वर्षीया करुणा बुढामगर र दुई महिनाकी चेतना बुढामगरको मृत्यु भएको नौवहिनी गाउँपालिका अध्यक्ष डिलाराम थापामगरले जानकारी दिए । उनीहरूको उपचारको क्रममा प्यूठान अस्पतालमा मृत्यु भएको हो ।

आइतबार बाग्दुलाबाट डाम्रीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्वरको जीप दुर्घटना भएको हो । मृतककी आमा रेमसरा बुढामगर र बुढा हुमबहादुर बुढामगर गम्भीर घाइते छन् । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । उनीहरूको प्यूठान अस्पतालमा उपचार भइरहेको छ ।

बाहाने बजार नजिकै खहरे खोलामा अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयले जनाएका छन् । प्रहरीका अनुसार चालक नियन्त्रणमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७