२०७९ साउन ३० गते सोमबारको तपाईको राशिफल

भदौ कृष्ण चतुर्थी पञ्चाङ्ग : धृति बव उत्तरभाद्र


३० श्रावण २०७९, सोमबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सानासाना कुरामा शंका र चिन्ता बढ्ने देखिन्छ । आफ्नै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज व्यक्तिगत कार्यमा सफलता मिल्ने छ । पुँजी बजारमा आकर्षण बढ्ने । चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागी पनि भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज गरेको कामबाट अपेक्षाकृत सफलता हात पर्नसक्छ । आफन्त एवं इष्टमित्रसँग भेटघाट होला । शेयर बजारमा आकर्षण र लाभको अवसर आउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । यात्रामा मालसामान पनि हराउन सक्छ, तर अन्तिम समयमा काम बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्ने छ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर पारिवारिक सुखका लागि धन खर्च हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कुनै कुराले मनमा शान्ति छाउनेछ । लाभदायक र खुसीपूणर्ण यात्रा हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुशीका निम्ति केही खर्च हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज चलाखीपूर्ण बोलीले काम बन्ने र आर्थिक लाभ हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७