चेल्सी र टोटनहमको रोमाञ्चक बराबरी, दुबै टोलीका प्रशिक्षकलाई रातो कार्ड


३० श्रावण २०७९, सोमबार
CHE TOT 1 1024x569 1

काठमाडौं । ह्यारी केनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेपछि चेल्सी र टोटनहमले प्रिमियर लिगमा २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

लण्डन डर्बी खेलमा चेल्सीले दुई पटक अग्रता लिएर पनि कायम राख्न सकेन । दोस्रो हाफमा खेल तनावपूर्ण बन्दा दुवै टिमका प्रशिक्षकले रातो कार्ड पाए । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा कालिडोउ काउलबेलीले १९ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर ६८औं मिनेटमा पिएरे एमिल होएभरले टोटनहमका लागि बराबरी गोल फर्काए ।

रिस जेम्सले ७७औं मिनेटमा गवल गर्दै चेल्सीलाई फेरि अग्रता दिलाउँदै जित नजिक पुर्‍याएका थिए । तर इन्जुरी टाइममा इभान पेरिसिकको कर्नरमा केनले हेडमार्फत गोल गर्दै टोटनहमको हार टारे । टच डाउनका निकै आक्रमक देखिएका चेल्सीका प्रशिक्षक थोमस टुचेल र टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले अन्तिममा रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

बराबरीपछि दुवै टिमले दुई खेलमा समान चार अंक जोडेका छन् । यस बराबरीपछि यस सिजन साविक विजेता म्यानचेष्टर सिटी र आर्सनल मात्र शतप्रतिशत खेल जित्ने टिम बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७