कांग्रेसले आजदेखि जनप्रतिनिधिलाई अभिमुखीकरण दिंदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने


३० श्रावण २०७९, सोमबार
nepali congress 1

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको छ ।

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख-उपप्रमुखदेखि जिसस प्रमुख-उपप्रमुखलाई काठमाडौंमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान ११ बजे हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् । अभिमुखीकरणका कारण कांग्रेसले निर्वाचित केन्द्रित देशव्यापी अभियानलाई पछि सारेर छोट्याएको छ । ३० र ३१ गते अभिमुखीकरण हुने हुँदा तयारी नपुग्ने भन्दै कांग्रेसले भदौ २ गतेदेखि शुरू गर्ने अभियान १० गतेका लागि तय गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७