जङ्गलमा लत्रिएको विजुलीको तार छोइँदा एकको करेन्ट लागेर मृत्यु


३० श्रावण २०७९, सोमबार
current

रामेछाप । जंगलमा गाईवस्तु चराउन गएका रामेछापको मन्थली नगरपालिका-७ का ५५ वर्षीय बिजुले माझीको आइतबार करेन्ट लागेर मृत्यु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युतीकरणको लागि टाँगेको तारमा छोइँदा माझीको घटनास्थलमै मृत्यु भएको हो । प्राधिकरणले टाँगेको तार लत्रिएको हुँदा जंगलमा हिँड्दै गरेका माझी त्यसैमा अल्झिन पुगेका थिए ।

नेपाल विद्युत् प्राधिकरणले कानुन बमोजिम क्षतिपूर्ति दिने सहमति गरेपछि उनको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । स्थानीले प्राधिकरणको गम्भीर लापरबाहीले घटना घटेको भन्दै आक्रोश पोखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७