ला लिगा : रियल मड्रिडको विजयी शुरुवात


३० श्रावण २०७९, सोमबार
real madrid t00Lo8doC0

काठमाडौँ । साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी शुरुवात गरेको छ । आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्ध पुनरागमन सहित २-१ को जित निकाल्यो ।

१-० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक-एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले शुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन ।

जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको साविक विजेता रियलले महत्त्वपूणर् तीन अंक जोड्यो । गय राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने बराबरीमा रोकिएको थियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७