रुपन्देहीमा एक युवकमाथि गोली प्रहार


३० श्रावण २०७९, सोमबार
omsatiya goli 1024x473 1
तस्वीर सौजन्य : सुरेश परियार

रुपन्देही । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।

नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेको प्रहरीले जानकारी दिएको छ ।

पेटको बायाँतर्फ गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त घटनाको आधा घण्टा अगाडि रोहिणी गाउँपालिका-१ बाइपासस्थित सिद्धर्थ कटेजमा अज्ञात समूहले पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको थियो ।

गुरुङमाथि गोली प्रहार गर्ने समूह सोही लुटपाटमा संलग्न व्यक्ति हुन् वा होइनन् भन्ने यकिन भइनसकेको र गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७