पुल भत्किएपछि रुसी सेना खेरसनमा फसेको युक्रेनको दाबी


३० श्रावण २०७९, सोमबार
Russia Ukrine War oCb8JZVkDI

काठमाडौँ । युक्रेनको दक्षिणी खेरसन क्षेत्रमा आक्रमणका क्रममा निप्रो नदी तरेका रूसी सैनिक आवागमनका लागि रणनीतिक मानिएको पुलमा क्षति पुगेपछि थप कठिनाइ भएको छ ।

रुसी सेनाले युक्रेनमाथि आक्रमणको शुरुवातमा डेनिप्रोको दक्षिणी सहर खेरसन कब्जा गरेको थियो । यो नै उनीहरूले अहिलेसम्म जितेको एक मात्र क्षेत्रीय राजधानी हो ।

यस क्षेत्रमा उनीहरूले नियन्त्रण गरेका तीन पुलहरूमध्ये दुई सडक यातायातको लागि र एउटा रेल आवागमनको लागि महत्त्वपूणर् मानिएका थिए । युक्रेनले पुल भत्काइदिएपछि रूसी सेना खेरसनमा फसेका युक्रेनले दाबी गरेको एएफपीले जनाएको छ ।

युक्रेनी सेनाले पुलमा आक्रमण गरेपछि रूसले आफ्नो सेना पुनः आपूर्ति गर्न गोलाबारी, उपकरण र खाद्यान्न ढुवानी गर्न सकेको छैन । बेलायतको रक्षा मन्त्रालयले जारी गरेको ब्रिफिङमा डेनिप्रोको पश्चिमी किनारमा रूसको नियन्त्रणमा रहेको क्षेत्रमा जाने दुई वटा सडक पुल प्रयोगविहीन भएको उल्लेख छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७