राप्रपा बैठकका एजेण्डा : निर्वाचनमा तालमेलदेखि तेस्रो चरणका आन्दोलनसम्म


३० श्रावण २०७९, सोमबार
Rajendra lingden 1 1024x683 1

काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीदेखि तेस्रो चरणका आन्दोलनको मोडालिटी लगायत विषयमा छलफल गर्नका लागि बैठक बोलाईएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘संघीय र प्रदेशसभा निर्वाचनको तयारीदेखि तेस्रो चरणको आन्दोलनको मोडालिटीका बारेमा बैठकका एजेण्डा रहेका छन,’ श्रेष्ठले भने, ‘निर्वाचन प्रयोजनका लागि विभिन्न समितिहरु पनि यसै बैठकवाट निर्माण हुनेछन ।’

२२ बुँदे माग राखेर गत असार ३१ सम्म भएको पहिलो चरणको आन्दोलन, ११ साउन देखी ३१ साउन सम्म भएको दोस्रो चरणको आन्दोलन समापन हुने गईरहेको अवस्थामा तेस्रो चरणको आन्दोलन तयारीका लागि मोडालिटीका बारेमा छलफल हुनेछ । ‘तेस्रो चरणको आन्दोलन भने काठमाडौं केन्द्रित हुनेछ,’ श्रेष्ठले भने ।

बैठकमा अध्यक्ष लिङदेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटघाट र निर्वाचनका लागि अन्य राजनीतिक दलसँग तालमेलको बिषयमा पनि छलफल हुने बुझिएको छ । बैठक मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७