विष्णुमति नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार


२०७९ श्रावण ३० सोमबार ०७:४३ बजे

काठमाडौँ । काठमाडौंको बालाजु पुलबाट विष्णुमति नदीमा हाम फालेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । परिचय नखुलेका करिब ४०/ ४५ वर्षका एक पुरुष सोमबार बिहान साँढे सात बजेको समयमा विष्णुमति खोलामा हाम फालेका थिए ।

बालाजु प्रहरी वृत्तबाट तत्काल टोली खटिइ उनको सकुशल उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनको बाहिरी चोट केहि नभएपनि उनी बोल्न नसक्ने अवस्थामा रहेको जनाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७