एमाले कसैको बुइ चढेर चुनाव लड्दैन : ज्ञवाली


२०७९ श्रावण ३० सोमबार ०७:०८ बजे

रुकुम । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन एक्लै लड्ने बताएका छन् । आज (सोमबार) प्रेस चौतारी रुकुम पूर्वले रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताए ।

यद्यपि, मुद्दा मिल्नेसँग चुनावी एकताका लागि ढोका बन्द भने नगरेको उनको भनाइ छ । स्थानीय आवश्यकताका आधारमा मुद्दा मिल्नेहरुसंग एकता हुनसक्ने उनले बताए । ‘एमालेले आफ्नै शक्तिमा लडेर चुनाव जित्छ चुनावपछि सत्ताको जिम्मेवारी एमालेले सम्हाल्छ । त्यो पनि जनादेशको हो, परमादेशबाट होइन,’ उनले भने ।

चुनाव घोषणा भएपछि सरकार काम चलाउ भइसकेको भन्दै उनले यो सरकारले दीर्घकालिन असर गर्ने र मतदातालाई प्रभावित पार्ने कार्यक्रम ल्याउन नमिल्ने बताएका छन् । प्रदेश संख्या बढाएर १४ पुर्‍याउनु पर्छ भन्नेदेखि संघीयता खारेजीको पक्षमा रहेकाहरु समेत गठबन्धनमा रहेको भन्दै उपमहासचिव ज्ञवालीले यो गठबन्धनले देशको हित नगर्ने दाबी गरे ।

फरक प्रसंगमा उनले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरेका छन् । विधेयकमा भएका राम्रा कुरामा एमालेको समर्थन भए पनि अन्य विषयमा थप छलफल गरेर त्रुटी सच्याउनु पर्ने उनको भनाइ थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७