भुवन केसीविरुद्ध मुद्दाको सुनुवाइ हुँदै


३० श्रावण २०७९, सोमबार
bhuwan kc

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुको मुद्दाको आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा मुद्दाको पेशी तोकिएको छ । चलचित्र विकास बोर्डको अध्यक्ष बन्न अयोग्य भएको भन्दै २६ साउन (बिहीबार) केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो ।

नरेश कुमार पौडेलसहित पाँच जनाले केसीलाई नियुक्ति गर्ने सरकारको निणर्य खारेजको माग गर्दै रिट दायर गरेका हुन् । गत साउन ९ गते बसेको मन्त्रिपरिषद बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निणर्य गरेको थियो ।
विकास बोर्डको अध्यक्ष हुनलाई स्नातक उत्तीर्ण हुनुपर्ने प्रावधान भए पनि केसीले प्रमाण पत्र तह मात्रै उत्तीर्ण गरेको रिटमा दावी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७