भदौमा बैंकको ब्याजदर नबढ्ने


३० श्रावण २०७९, सोमबार
banks
फाइल फोटो

काठमाडौं । पाँच महिनादेखि स्थिर वाणिज्य बैंकको ब्याजदर भदौमा पनि नबढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूलाई ब्याजदर बढाउन प्रोत्साहन गरेको भए पनि नेपाल बैंकर्स संघले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको छ ।

ब्याजदर बढाउने वित्तिकै बैंकमा निक्षेप नबढ्ने भन्दै बैंकर्स संघको सोमबार बसेको बैठकले तत्काल ब्याजदर नबढाउने निणर्य गरेको हो । यसअघि बसेको बैठकले पनि तत्काल ब्याजदर नबढाउने निर्णय गरेको थियो ।

बैंकहरूले गत फागुनदेखि नै निक्षेपको ब्याजदर बढाएका छैनन् । फागुनमा नै व्यक्तिगत मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर पुर्याएका बैंकहरूले सो पश्चात् सोही ब्याजदरलाई निरन्तरता दिँदै आएका छन् । त्यस्तै संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने ९.०३ प्रतिशत कायम हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७