फोहोर बोकेका गाडीलाई अवरोध हुन नदिन बञ्चरेडाँडामा ठूलो संख्यामा प्रहरी परिचालन


२०७९ श्रावण ३० सोमबार १०:३८ बजे

काठमाडौं । काठमाडौंँबाट फोहोर बोकेर गएका गाडीहरुलाई अवरोध हुन नदिन बञ्चरेडाँडामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आज बिहानैदेखि फोहोर व्यवस्थापनमा अवरोध हुँदा जिल्ला प्रहरी कार्यालय नुवाकोट, बञ्चरेडाँडा प्रहरी बेस क्याम्पबाट २५० जना प्रहरी परिचालन गरिएको छ ।

काठमाडौं महानगरपालिका कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार बिहानैदेखि बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न सकिएको छैन ।

स्थानीय विभिन्न राजनीतिक दलहरुसँगै नागरिकले आन्दोलन चर्काएका छन् । प्रहरीले बञ्चरेडाँडातर्फ राखिएका ४० वटा गाडी पास गर्ने प्रयास गरिरहेको छ । स्थानीय प्रहरीले अवरोध हटाउन नसकेपछि थप प्रहरी परिचालन गरिएको विभागीय प्रमुख राईले बताइन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७