युवा संघले सफा गर्‍यो बोनेश्वरको फोहोर


३० श्रावण २०७९, सोमबार
yuwa sangh

काठमाडौँ । काठमाडौंको मुटु मानिएको बानेश्वरको फोहोर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले सफा गरेको छ । सोमबार बानेश्वरको सडकमा थुप्रिएको फोहोरलाई एमाले निकट युवास संघका कार्यकर्ताहरुले उठाएका हुन् ।

विसर्जनस्थलमा देखिएको विवादका कारण काठमाडौंको नियमित रुपमा उठाउन समस्या भइरहेका बेला युवा संघ नेपालले बानेश्वरको फोहोर उठाएको हो । नेकपा एमालेले सरकारले महानगरलाई आवश्यक सहयोग नगर्दा फोहोर उठाउन समस्या भइरहेको आरोप लगाउँदै आएको छ ।

एमालेले काठमाडौंका मेयर बालेन्द्र शाहलाई फोहोर व्यवस्थापनको सवालमा एमालेसँग सहकार्य गर्न आग्रह गरेको छ । एमालेले फोहोर व्यवस्थापनमा सरकारको हुत्ती नभएको आरोप लगाएको छ । यस्तै काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध हुन नदिन आज बञ्चरेडाँडामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७