इजरायलले थप एक हजार नेपाली श्रमिक लैजाने


३० श्रावण २०७९, सोमबार
Nepal ijaraila EtNN1jzcMc

काठमाडौं । इजरायलले थप एक हजार जना नेपाली श्रमिक लैजाने भएको छ । आज (सोमबार) श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँगको भेटमा इजरायलका राजदूत खनान गोदेरले यस्तो जानकारी दिएका हुन् ।

मन्त्रालयमा भएको भेटमा दुई देशबीचको श्रम सम्झौता बारे पनि छलफल भएको मन्त्री कुँवरकी प्रेस संयोजक रमा खड्काले जानकारी दिइन् । इजरायल सरकारले थप एक हजार नेपाली श्रमिक कृषि क्षेत्रमा लैजाने निणर्य आइतबार गरेको राजदूत गोदेरले बताए । यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएका थिए । एक हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा छन् ।

भेटमा मन्त्री कुँवरले इजरायल सरकारको सहयोगप्रति गोदेरलाई धन्यवाद दिँदै आगामी दिनमा नेपालका कृिष, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न अनुरोध गरे । विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुनः एकिकरण कार्यक्रम पारित गरेकाले यसमा इजरायलका लगानी कर्तालाई सहयोग गर्न पनि राजदूतमार्फत आग्रह गरेका छन् । त्यस्तै उनले अहिले थुप्रै नेपालीले इजरायल जान चाहेकाले छिटो जाने वातावरण बनाउन राजदूत गोदेरलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७