आङ सान सू चीलाई थप ६ वर्ष जेल सजाय


३० श्रावण २०७९, सोमबार
suki

काठमाडौँ । म्यानमारकी सत्ताच्यूत नेतृ आङ सान सू चीलाई थप ६ वर्ष जेल सजाय तोकिएको छ । गत असारमा राजधानी नेपिडस्थित एकान्त कारावासमा राखिएकी उनलाई त्यहाँको सैनिक सरकारले थप ६ वर्ष जेल सजाय सुनाएको हो ।

उनलाई यसअघि ११ वर्ष जेल सजाय सुनाइएको थियो । अब उक्त सजाय बढेर १७ वर्ष पुगेको छ । तर, उनले आफूमाथिका आरोपहरु राजनीतिक आग्रहप्रेरित भएको बताइरहेकी छन् । ७७ वर्षीय सू चीलाई फेब्रुअरी २०२१ मा सेनाले कू गरेपछि गिरफ्तार गरिएको थियो । असार अघिसम्म उनलाई राजधानीमै अज्ञातस्थलमा नजरबन्दमा राखिएको थियो ।

तर असारदेखि उनलाई सैनिक सरकारले बनाएको विशेष संरचनामा सारिएको थियो । सत्ताच्यूत राष्ट्रपति विन मिन्ट पनि त्यही स्थानमा एकान्त कारावासमा छन् । एकान्त कारावासमा उनलाई एक्लै राखिएको छ । उनलाई अदालती सुनुवाइमा पनि जेलभित्रैबाट सहभागी गराइँदैछ ।

मानवअधिकारवादी समूहहरुले उनको सुनुवाइ गोप्य राखिएकोमा विरोध गरिरहेका थिए । सू चीका वकिलहरुलाई पत्रकारहरुसँग पनि बोल्न निषेध गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७