एकै दिन थप ८८८ मा कोरोना संक्रमण, एकको मृत्यु


३० श्रावण २०७९, सोमबार
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ५,७३७ नमूना परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३१५५ र एन्टिजेनबाट २५८२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४२७ र एन्टिजेनबाट ४६१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ४७४ जना कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या ५,३८७ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७