नेपालको संघीयता संसारकै कमजोर : मुख्यमन्त्री शाही


३० श्रावण २०७९, सोमबार
jeevan bahadur shahi 6 R39cp01ppU 1

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीयता नचाहिने भए हटाउनु पर्ने बताएका छन् । प्रदेश सरकारलाई अधिकार सम्पन्न नगराएको आक्रोश पोख्दै उनले नेपालको संघीयता संसारकै सबैभन्दा कमजोर भएको टिप्पणी गरेका छन् ।

आज (सोमबार) वीरेन्द्रनगरमा आयोजित संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तक्रियामा बोल्दै उनले भने, ‘तीन तहका सरकारबीच तँ ठूलो कि म ठूलो भन्ने भइरहेको छ । मैले बुझेको तीनवटै तहको सरकार भनेको संघ सरकार भनेको सुनिने सरकार हो । त्यसलाई अर्थ, राष्ट्र र सुरक्षाको जिम्मा लगाएर त्यसपछि बजेटिङ गर्ने जिम्मा प्रदेश सरकारलाई लगाउनुपथ्र्यो । त्यसलाई डेलिभरी गर्ने जिम्मा स्थानीय सरकारलाई लगाउनु पथ्र्योे । तर भएको छैन ।’

‘म राष्ट्रियसभा अध्यक्षज्युलाई भन्न चाहन्छु साँच्चै संघीयता नचाहिएको हो त ? प्रदेश सरकारलाई अधिकार दिन नखोजिएको हो ? ठूलो कुरा छैन अहिले आवाज उठिरहेको छ, प्रदेश सरकार चाहिँदैन भने यसलाई हटाइ दिउँ न त के बिग्रियो ?,’ उनले आक्रोश पोख्दै भने, ‘माथि गणतन्त्र छँदैछ । संघीयता नभएर के भो ?’ साथै मुख्यमन्त्री शाहीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि संघीयता नचाहिएको हो भने हटाइदिन भनेर आग्रह गरेको समेत उल्लेख गरे ।
उनले भने, ‘आजको मुख्यमन्त्रीभन्दा उतिबेलाको जिल्ला विकास समितिको सभापति धेरै पावरफुल थियो । संसारमा सबैभन्दा कमजोर संघीयता भारतको थियो, त्योभन्दा पनि कमजोर नेपालको भयो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७