ओली-त्रिपाठी भेट : चुनावी सहकार्यबारे छलफल


३० श्रावण २०७९, सोमबार
oli tripathi

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रीपाठीबीच भेटवार्ता भएको छ ।

त्रिपाठी आज (सोमबार) बालकोट पुगेर चुनावी सहकार्यका लागि ओलीलाई प्रस्ताव गरेका छन् । यसअघि प्रतिनिधिसभा निर्वाचनमा पनि सूर्य चुनाव चिन्हबाट लडेर विजयी भएका त्रिपाठीले गठबन्धन गरेर जान आग्रह गरेका हुन् ।
विसं २०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट अलग हुँदै स्वतन्त्र बनेका थिए । उनीसँगै स्वतन्त्र बनेका बृजेशकुमार गुप्ता एमाले प्रवेश गरे पनि त्रिपाठीले नयाँ पार्टी गठन गरेका थिए ।

उनले अध्यक्ष ओलीसँग समसमायिक राजनीतिक विषयमा छलफल भएको बताए । ‘समसमायिक राजनीतिक विषयमा छलफल भएको हो । आउँदो चुनावमा कसरी तालमेल गरेर सँगै जान सकिन्छ भन्ने विषयमा पनि कुराकानी भयो,’ उनले भने ।

उनीहरुबीच राष्ट्रपति विद्या देवी भण्डारीले आइतबार फिर्ता पठाएको नागरिकता विधेयक सम्बन्धमा पनि छलफल भएको छ । नागरिकता विधेयकको विषयमा अध्ययन गर्न बाँकी रहेको ओलीको भनाइ उद्धृत गर्दै उनले भने, ‘चुनावी तालमेल सामान्य कुरा हो । हामी पनि मलेर जाँउ भन्ने विषयमा गहन छलफल भएको हो,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७