आउँदो भदौ २३ र २४ गते चौथो पूर्वाधार सम्मेलन, २५ देशको सहभागिता हुने


३० श्रावण २०७९, सोमबार
purbadhar sammelan

काठमाडौं । आउँदो भदौ २३ र २४ गते चौथो नेपाल पूर्वाधार सम्मेलन हुने भएको छ । पूर्वाधार क्षेत्रमा लगानी बढाउन नेपाल उद्योग परिसंघको पहलमा नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण भदौंमा हुने भएको हो ।

दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिने अवधारणालाई आत्मसाथ गर्दै नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो । सम्मेलनको सह-आयोजकमा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेका छन् ।
यातायात, उर्जा, सहरी विकास, खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै विगत तीनवटा पूर्वाधार सम्मेलनको समिक्षा गर्ने सम्मेलनको उद्देश्य रहेको छ।

विकासका लागि पूर्वाधार नारामा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनको विशिष्ट अतिथिहरुमा भारतका सडक, यातायात तथा राजमार्ग मन्त्रालयका राज्यमन्त्री विजयकुमार सिंह, अर्थमन्त्री जनार्दन शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू हुनेछन् ।

यसैगरी सम्मेलनको विभिन्न सत्रमा पूर्व प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, महानगरपालिकाका मेयर, पूर्वाधार क्षेत्रका राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञ, एशियाली विकास बैंकका उपाध्यक्ष, प्राध्यापकहरुको प्रस्तुती हुनेछ । आयोजकले सम्मेलनमा २५ देशबाट ६ सय भन्दा बढीको सहभागिता हुने अपेक्षा गरेको छ । नेपाल उद्योग परिसंघले पहिलो नेपाल पूर्वाधार सम्मेलन ‘पूर्वाधारमा द्रुतगति लगानी’ शीर्षकमा सन् २०१४ मा आयोजना गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७