राप्रपामा चुनावी तालमेल गर्ने अधिकार लिङ्देनलाई, चुनाव परिचालन र घोषणापत्र समिति गठन


३० श्रावण २०७९, सोमबार
Rajendra Lingden 3

काठमाडौँ । राप्रपाले आउँदो मंसिर ४ गते हुने आम निर्वाचनमा चुनावी तालमेलको ढोका खोल्ने निर्णय गरेको छ ।

सोमबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विभिन्न राजनितिक दलसँग गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । चुनावबाट राप्रपालाई आम जनतामा स्थापित गराउन पार्टीको सबै संयन्त्र परिचालन गर्ने पनि राप्रपाले निणर्य गरेको छ ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा लगायतको उपस्थितिमा बसेको बैठकले निर्वाचन भयरहित र धाँधलीरहित ढंगबाट सम्पन्न हुने वातावरण बनाउन पनि सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

यस्तै लिङ्देनकै अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति पनि गठन गरिएको छ । यस्तै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा आम मतदाता सामु प्रस्तुत गरिने घोषणापत्र तयारीका लागि प्राडा गीताभक्त जोशीको संयोजकत्वमा सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्राडा जयन्तनाथ खनाल र सह प्राध्यापक हेमराज कार्की रहेको समिति गठन गरिएको बैठकपछि राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७