नेपाली र अमेरिकी सेनाले भोलिदेखि एक महिनासम्म संयुक्त सैन्य अभ्यास गर्ने


३० श्रावण २०७९, सोमबार
sena 1
फाइल फोटो

काठमाडौंँ । नेपाली सेना र अमेरिकी सेनाले भोलि (मंगलबार) देखि भदौको ३१ गतेसम्म संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।

२०६० सालदेखि हुँदै आएको एक्स ब्यालेन्स नेल अभ्यासको ३९ औँ संस्करणको तालिम भोलिदेखि सुरु हुने नेपाली सेनाले जनाएको छ । तालिमलाई रक्षा मन्त्रालयले स्वीकृति दिएको छ ।

अभ्यासमा नेपाली सेनाको महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गण तथा अमेरिकी सेनाको टुकडी सहभागी हुनेछन् । नेपाली सेनाका ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने तालिम काठमाण्डौको छाउनी र नगरकोट क्षेत्रमा सञ्चालन हुनेछ । तालिमका लागि टुकडी क्याप्टेनको नेतृत्वमा अमेरिकी सेनाको टोली आज सोमवार नेपाल आइपुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७