नागरिकता विधेयक फिर्ताको पत्र मंगलबार संसदमा पेश गरिने


३० श्रावण २०७९, सोमबार
budhe

काठमाडौँ । प्रतिनिधिसभाको साउन ३१ गतेको बैठकमा नागरिकता विधेयक पुनः विचारका लागि राष्ट्रपति कार्यालयबाट फिर्ता आएको जानकारी दिइने भएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले विधेयक फिर्ता आएको जानकारी दिने भएका छन् । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचिको पहिलो नम्बरमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा पुनःविचारका लागि प्रतिनिधिसभामा पठाएकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको विधेयकबारे व्यापक आलोचना भएपछि राष्ट्रपतिले फिर्ता पठाउने निर्णय गरेकी हुन् । सत्ता गठबन्धनका कतिपय दल, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र बुद्धिजीविहरुले समेत यो निर्णयको स्वागत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७