२०७९ साउन ३१ गते मंगलबारको तपाईको राशिफल

भदौ कृष्ण पञ्चमी पञ्चाङ्ग : शूल कौलव रेवती


३१ श्रावण २०७९, मंगलवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गरेका काम अधुरै रहला । मालसामान हराउन सक्छ । चोटपटकको भय छ, सचेत रहनुहोला, तर सहकर्मीबाट सहयोग मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नजिकैको व्यक्तिसँग प्रविधिमार्फत भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज स्वास्थ्यमा समस्या आउनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्त्वपूर्ण कामको योजना र पुनः थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । शिक्षामा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफन्त तथा अग्रजहरूसँग विवाद बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च पनि बढेर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको परिश्रमबाट पछि फाइदा मिल्ने छ । ठीक समयमा सही निणर्य लिन सकिनेछ । कृषिको कारोबारबाट सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज रमणीय र सुखद् जीवन र यात्राको योजना बन्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नसोचेको ठाउँबाट धनागम हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोबारमा सफलता पनि पाइएला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज विस्तारै वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । बेलुकीपख भने खर्च बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा विस्तारै सुधार आउनेछ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७