हल्कादेखि मध्यम बर्षाको सम्भावना


३१ श्रावण २०७९, मंगलवार
rain

काठमाडौं । देशका विभिन्न भागमा आज (मंगलबार) पनि बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज बिहान देशका अधिकांश भू-भागमा आंशिक बदली रहको छ । प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम सवज्ञान विभागले जनाएको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै र बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, गेग्रान बहावको सम्भावना रहेको छ । वर्षाका कारण यातायात सेवासमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्क हुन विभागको आग्रह छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७