रुस्दीलाई आक्रमण गर्ने अभियुक्तकी आमा छोरासँग नबोल्ने


३१ श्रावण २०७९, मंगलवार
salman rusdi

वासिङ्टन । लेखक सलमान रुस्दीलाई आक्रमण गर्ने अभियुक्तकी आमाले छोरासँग आफू अब कहिल्यै नबोल्ने बताएकी छन् । हालै अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रममा बोलिरहेको अवस्थामा लेखक सलमान रुस्दीमाथि छुरा प्रहार भएका थियो ।

रुस्दीमाथि छुरा प्रहार गर्ने युवकका आमाले छोराको करतुतको आलोचना गर्दै उनको कार्यका लागि उनी आफै जिम्मेवार हुने र अब परिवार उनी बिना अघि बढ्ने बताएकी छन् । लेवनानमा मुस्लिम परिवारमा जन्मेकी तथा २५ वर्ष भन्दा लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी आत्रमणकारीकी आमा सिल्भाना फार्दोसले डेली मेललाई सो कुरा बताएकी हुन् ।

४६ वर्षीय उनले भनेकी छन्, ‘मैले कहिल्यै पनि रुस्दीका कुनै पनि पुस्तक पढेकी छैन । यस्तो लेखक पनि छन् भन्ने समेत मलाई थाहा छैन । मेरो छोराले उनका पुस्तक पढेकोबारे पनि मलाई थाहा छैन । मेरो २४ वर्षीय छोरा हादी मातारले चाउताउक्वा प्रतिष्ठानमा रुस्दीलाई छुरा प्रहार गरे भन्ने खबर सुनेर म स्तब्ध भएकी थिएँ ।’

भाषा अनुवादिका र शिक्षिका समेत रहेकी फार्दोसले भनेकी छन्, ‘“मैले मेरो छोरोले यस्तो गर्लान् भनेर विश्वासै गर्न सक्दिनँ । शान्त स्वभावका उनलाई सबैले मन पराउँथे । मैले एफबीआईलाई भने जस्तै अब म उनीसँग बोल्ने पनि छैन’, रहेकी उनले थपिन् । डेली विस्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७