भारतलाई फिफाले लगायो प्रतिबन्ध


३१ श्रावण २०७९, मंगलवार
fifa

काठमाडौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । फिफाले अल इण्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई यसअघि नै पटक-पटक चेतावनी दिएको थियो ।

भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो ।

तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।
फिफाको यो निणर्यसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउने छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७