लिभरपुल र क्रिस्टल प्यालेसको बराबरी


३१ श्रावण २०७९, मंगलवार
ezgif 3 0f4cecae53 min

काठमाडौँ । इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् । उपाधि दाबेदार लिभरपुलले घरेलु मैदानमा गएराति भएको खेलमा क्रिस्टल प्यालेससँग एक-एक गोलको बराबरी खेलेको हो ।

खेलको दोस्रो हाफमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । क्रिस्टलका जोएचिम एन्डरसनलाई फल गरेपछि लिभरपुलका फरवार्ड डार्विन न्युनेजले रातो कार्ड पाएका थिए ।

खेलमा क्रिस्टल प्यालेसले सुरुवाती अग्रता बनाएको थियो । उसका विलफ्रिड जाहाले खेलको ३२ औं मिनेटमा गोल गरे । लिभरपुलका लुइस डियाजले खेलको ६१ औं मिनेटमा बराबरी गोल फर्काए । पहिलो खेलमा लिभरपुलले फुलह्यामसँग दुई-दुई गोलको बराबरी खेलेको थियो ।

लिभरपुलको २ खेलमा २ अङ्क भएको छ । लिभरपुल अङ्क तालिकामा १२ औं र क्रिस्टल प्यालेस एक अङ्कसहित १६ औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७