दल दर्ताको आज अन्तिम दिन : हालसम्म ६२ दल दर्ता, नेपाली कांग्रेसले अझै बाँकी


३१ श्रावण २०७९, मंगलवार
Nirbachan scaled

काठमाडौँ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज (मंगलबार) सकिँदैछ ।

सरकारले चुनावको मिति घोषणा गरेलगत्तै आयोगले गएको साउन २२ गतेदेखि दल दर्ता आह्वान गरेको थियो । यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिन आयोगमा दल दर्ता गर्नुपर्छ ।

आयोगमा साउन १९ गतेसम्म ११६ दल दर्ता भएका छन् । तीमध्ये चुनावमा भाग लिन हिजोसम्म आयोगमा ६२ दल दर्ता भएका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् । प्रमुख दलमध्ये नेपाली कांग्रेसले अहिलेसम्म दर्ता भएको छैन ।

दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युटलगायतका कागजात पेस गर्नुपर्छ । नेपालको संविधानको धारा २७१ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ ।

दल दर्तासँगै आयोगले चुनावका लागि आवश्यक व्यवस्थापकीय, कानुनी र प्राविधिक तयारीलाई अघि बढाएको पनि आयोगका सहप्रवक्ता अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७