राप्रपा नेपालको केन्द्रिय समिति बैठक आज पनि


३१ श्रावण २०७९, मंगलवार
Kamal Thapa 4

काठमाडौं । कमल थापा नेतृत्वका राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको नेपालको केन्द्रिय कार्य समितिको बैठक आज पनि बस्नेछ ।
अध्यक्ष कमल थापाले प्रस्तुत गरेको बर्तमान राजनीतिक परिस्थिति तथा भाबी कार्यदिशा सम्बन्धमा कार्यपत्रका बारेमा बाँकी केन्द्रिय सदस्य तथा पदाधिकारीहरुले आज पनि धारणा राख्ने छन् ।

जारी बैठकमा महामन्त्री भाष्कर भद्राले पेश गरेको सचिवालय सम्बन्धी प्रतिबेदन, महामन्त्री सुशील श्रेष्ठको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धि प्रतिबेदन, अर्का महामन्त्री राजाराम बर्तौलाको सांगठानिक प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्किको आर्थिक प्रतिबेदनमाथि टिप्पणी हुनेछन ।

महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा निर्बाचनको तयारी र आवश्यक रणनीति निर्माण गर्ने बिषयमा महत्त्वपूणर् छलफल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७