प्रचण्ड-बाबुराम संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु


३१ श्रावण २०७९, मंगलवार
Baburam Prachanda 1 1

काठमाडौँ । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताका लागि दिएको समयावधि आज (मंगलबार) सकिँदैछ ।

आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय छुट्याएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन् ।

आज नै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दल दर्ता हुने कार्यक्रम छ । आज नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने कार्यक्रम छ । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलवारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि बैठक शुरु भएको हो । जारी स्थायी कमिटी बैठकमा निर्वाचन तयारीबारे छलफल हुने बताइएको छ ।

आजको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगको सहकार्यको बारेमा पनि छलफल हुनेछ ।
भट्टराईले माओवादीको चुनाव चिन्हबाट लड्ने प्रस्ताव गरेका थिए। सो प्रस्तावबारे आजको बैठकमा छलफल हुने र अनुमोदन भएको खण्डमा सोही अनुसार निर्वाचन आयोग जानेगरी निर्णय हुने ती नेताले बताए ।

भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर उम्मेदवारी दिने विषयमा भएको मौखिक सहमतिबारे पार्टी सदस्यहरुलाई जानकारी गराइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७