होटेलमा युवक-युवती मृत भेटिए


३१ श्रावण २०७९, मंगलवार
death

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटेलमा एक युवक र एक युवती मृत अवस्थामा फेलापरेका छन् । तिनाउपारी फूलबारीचोकस्थित कारीकोट होटेलको कोठामा उनीहरू मृत फेलापरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीका अनुसार धादिङ घर भएका अन्दाजी ३५/३६ वर्षका सीताराम भुजेल र पहिचान स्पष्ट नखुलेकी अञ्दाजी २५ वर्षीया युवती मृत फेलापरेका हुन् । भुजेल धादिङको कुमपुरका रहेको र युवतीको नाम पुष्पा भनिए पनि थर र पूरा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तन्ना र तौलियामा रगत पोतिएको देखिएकोले भुजेलले युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक घिमिरेले बताएका छन् । घटनाबारे अरू कुरा थप अनुसन्धानपछि खुल्ने उनले बताए । उनका अनुसार उनीहरू आइतबार राति त्यस होटेलमा बस्न पुगेका थिए । उनीहरूका शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७