काठमाडौंका मेयरलाई असफल नबनाउन कमल थापाको आग्रह


३१ श्रावण २०७९, मंगलवार
Kamal Thapa 4

काठमाडौं । रष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौँ महानगरका मेयर बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् ।

सोमवारदेखि जारी केन्द्रिय कार्य समितिको दोस्रो बैठकमा प्रवेश गर्नु अघि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत काठमाडौंका मेयर शाहलाई असफल नबनाउन आग्रह गरेका हुन । उनले मेयर शाहले पनि एक बर्षभित्र फोहोर ब्यवस्थापनका लागि दिर्घकालीन योजना बनाउनु पर्नेमा जोड गरेका छन ।

‘काठमाडौंका मेयर केही गरौँ भन्ने सोच भएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौती हो । त्यसवारे उहाँले एक वर्षभित्र दीर्घकालीन समाधान खोज्नु पर्छ’, थापाले लेखेका छन, ‘त्यतिञ्जेल विगतमा झैं सबैले हरसम्भव सहयोग गर्नुपर्छ । फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७