श्रीलंकाको बन्दरगाह पुग्यो चिनियाँ जहाज, भारतको आपत्ति


३१ श्रावण २०७९, मंगलवार
china JjdFFiD0I9

काठमाडौँ । भारतको आपत्तिका बाबजुद अनुसन्धानमा प्रयोग हुने चीनको एक जहाज श्रीलङ्काको हम्बानटोटा बन्दरगाह पुगेको छ ।

युवान वाङ ५ जहाजलाई श्रीलङ्काको पानीमा कुनै पनि अनुसन्धानको काम नगर्ने शर्तमा बन्दरगाहमा पार्क गर्ने अनुमति दिइएको बन्दरगाहका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भारतले यसअघि सो जहाज जासुसका लागि प्रयोग हुनसक्ने भन्दै आपत्ति जनाएको थियो । श्रीलङ्काको विदेश मन्त्रालयले सो जहाज बन्दरगाहमा २२ अगस्तसम्म रहने जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७