‘फोहोर व्यवस्थापनका लागि सम्झौता हुने, कार्यान्वयन नहुने, कारण के हो ?’


३१ श्रावण २०७९, मंगलवार
hitbahadur tamang 20220816121705

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा ढिलाइ भएको भन्दै यथाशीघ्र समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएका छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद हितबहादुर तामाङले फोहोर व्यवस्थापन विकराल बन्दै गएको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले फोहोर व्यवस्थापनबारे स्थानीय र सरकार पक्षबीच पटक पटक सम्झौता भएको तर कार्यान्वयनको प्रकृया अघि नबढाइएको भन्दै आपत्ती जनाएका छन् ।

उनले भने,’ स्थानीय र सरकार पक्षबीच अहिलेसम्म १७४ पटक सम्झौता भएको भन्ने सुनिन्छ । तर यसको प्रभाकारी कार्यान्वयन प्रकृया अगाडि बढेको देखिदैन किन ?’

सांसद गुरुङले सिसडोलमा फोहोर लैजान थालेको १७ वर्ष भइसक्दा पनि सडक बन्न नसक्नु दुर्भाग्य भएको बताएका । उनले थपे, ‘सिसडोलमा फोहोर लैजान थालेको १७ वर्ष भइसक्यो । फोहोर लैजाने गाडीहरु समेत गुड्ने गरी बाटो बनेको छैन । सुनिन्छ, त्यहाँ अरबौं खर्च भएको देखाइन्छ तर काम प्रभावकारी गर्दैन। तर यो तरिकाले समस्याको हल कहिले हुन्छ ?’
पछिल्ला दिनमा काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापन विकराल बन्दै गएको छ । सडकछेउ, गल्ली र चोक चोकमा फोहोरको थुप्रो देखिनु सामान्य जस्तै भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७