नागरिकता विधेयक जस्ताको त्यस्तै राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय


३१ श्रावण २०७९, मंगलवार
Gathbandhan Top five leader of nepal

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनका शीर्ष नेताले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेका छन् ।

आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटाररमा बसेको बैठकले विधेयक हुबहु अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् । ‘यही स्वरूपमा अघि बढाएर राष्ट्रपतिकोमा पठाउने निर्णय भयो’, उनले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २९ साउनमा फिर्ता गरेको नागरिकता विधेयक मंगलबारको संसद बैठकमा पेश भइसकेको छ । संसदमा छलफलका लागि पेश भएको उक्त विधेयकलाई बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णयगरेको एकजना नेताले बताएका छन् ।

नेताले भने, ‘शान्ति प्रक्रियासम्बन्धी दुईवटा विधेयक भने परिमार्जन गरेर मात्रै अघि बढाउने निर्णय बैठकमा भएको छ ।’ दोस्रो पटक शीतल निवास पठाएको विधेयक राष्ट्रपतिले संसदमा फिर्ता पठाउन पाउने छैनन् । संविधानमा राष्ट्रपतिले एक पटक मात्रै विधेयक संसद फिर्ता पठाउन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७